५ कार्तिक २०८१, सोमबार

यातायात व्यवसायी संघको अध्यक्षमा सापकोटा



धनगढी । सुदूरपश्चिम यातायात व्यवसायी संघको ३१ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनबाट पदम सापकोटा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् ।
संघको वरिष्ठ उपाध्यक्षमा गणेश पाण्डे, उपाध्यक्ष (प्रशासन)मा दामोदर पाण्डे, उपाध्यक्ष (उद्धार) मा रमेश उप्रेती, उपाध्यक्ष (लेखा) मा भोजराम भट्ट रहेका निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा सुरेन्द्रबहादुर बोहरा, सचिवमा बेनी खडका, कोषाध्यक्षमा गोविन्द शाह र सह–कोषाध्यक्षमा भानबहादुर साउँद चयन भएका छन् । समितिका सदस्यहरू आज (सोमबार) चयन गरिने संघका अध्यक्ष सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार