२६ पुष २०८१, शुक्रबार

अब औद्योगिक क्रान्तिको युग: लेखक



कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले ७ नम्बर प्रदेशबाट औद्योगिक क्रान्ति शुरु हुने विश्वास व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस कञ्चनपुरले क्षेत्र नम्बर ३ को महाकाली नगरपालिकामा बिहीबार गरेको चुनावी सभामा उनले कञ्चनपुरको दोधराचादनीलाई नेपाल, भारत र चीनको त्रिदेशीय नाकाका रुपमा विकास गरेसंगै प्रदेश नम्बर ७ बाट औद्योगिक क्रान्तिको सुरुवात हुने दावी गरे ।
महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण, दोधाराचाँदनीमा सुख्खा बन्दरगाह, ब्रह्मदेवबाट दार्चुलाको टिंकरसम्म सडक निर्माणले औद्योगिक क्रान्ति शुरु गर्ने बलियो आधार प्राप्त हुने बताए ।

कात्तिक २४ गते (epaper)

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार