५ कार्तिक २०८१, सोमबार

वडा प्रचार कार्यालय उद्घाटन



अत्तरिया । नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को गोदावरी नगरपालिकाको वडा नम्बर ३, १०, ११ र १२ मा बुधबार प्रचार समिति कार्यालय उद्घाटन भएका छन् ।
कार्यक्रममा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सुनीलकुमार भण्डारीले जनताको अधिकारका लागि नेपालमा नेपाली काँग्रेसको नेतृत्वमा भएका आन्दोलन विश्वको इतिहासमा नै सबैभन्दा लामो भएको चर्चा गरे ।
‘विश्वमा जनताले सात दशकसम्म प्रजातन्त्रका लागि लडेको कही पनि इतिहास छैन’ उनले यो चुनावमार्फत ती उपलब्धी जोगाउने जिम्मा जनताको हातमा रहेको बताए ।
सो अवसरमा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले बाम गठबन्धन अधिनायकवादको द्योतक भएको आरोप लगाए ।
उनले अहिलेसम्मका आन्दोलनका उपलब्धी रक्षाका लागि आसन्न निर्वाचनमा कांग्रेसको जित आवश्यक रहेको बताए ।
प्रदेश सभा सदस्य उम्मेदवार हिरादत्त भट्ट, कार्यक्रममा नेपाल अमेरिका जनसम्पर्क समितिका अध्यक्ष आनन्द बिष्ट, पूर्वराज्यमन्त्री दीर्घराज भाट, पदमराज भट्ट, नरेन्द्र भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कात्तिक २३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार