६ कार्तिक २०८१, मंगलवार

लोकतन्त्रलाई बलियो बनाउनु मुख्य एजेण्डा : आरजु



धनगढी । नेपाली कांग्रेस नेतृ आरजु राणाले नेपाली राजनीति तीब्र धु्रवीकरणतर्फ उन्मुख भइरहेका बेला लोकतन्त्रलाई बलियो बनाउनु सबैभन्दा प्रमुख अजेण्डा भएको बताएकी छिन् ।
बुधबार धनगढीमा पत्रकारहरूसितको कुराकानीमा नेतृ राणाले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमार्फत लोकतन्त्रलाई संस्थागत गराउन लोकतन्त्र पक्षधर उम्मेदवार तथा राजनीतिक दलको विजयी अनिवार्य भएको चर्चा गरिन् ।
उनले आसन्न निर्वाचनमा व्यक्ति वा पार्टीभन्दा पनि विचार तथा दृष्टिकोणका आधारमा मतदान गर्न आम मतदातालाई आग्रह गरिन् ।
नेतृ राणाले नेपाली काँग्रेसले नै कमैया मुक्ति गर्नुका साथै उनीहरूको पुनस्र्थापनाका लागि ठोस कार्य गरेको तथा, दलित, महिला लगायत पछाडि पारिएका वर्ग समुदायको उत्थानका लागि दीर्घकालीन दृष्टिकोणसहित काम गरेको बताइन् ।
उनले खाद्यान्न, शिक्षा, स्वास्थ्य, यातायात, विद्युत, खानेपानी लगायत जनताका आधारभूत आवश्यकतातर्फ काँग्रेसले जहिले पनि गम्भीरतापूर्वक काम गरेको चर्चा गरिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार