६ कार्तिक २०८१, मंगलवार

स्वास्थ्य प्रयोगशालाकर्मीहरूको प्रदेश भेला



धनगढी । प्रदेश नम्वर ७ का स्वास्थ्य प्रयोगशालाकर्मीहरूको पेसागत संगठन मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) को पहिलो प्रदेश भेला शनिबार धनगढीमा भएको छ ।
प्रदेश भेलाले दीपेन्द्र तिवारीका अध्यक्षतामा २१ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रमेशचन्द्र ओझा, सचिवमा माधव जोशी, सहसचिवमा गणेश
ऐर र कोषाध्यक्षमा भीम शर्मा चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा तिलक रेग्मी, खेम नाथ, देशराज राना, अर्जुनदेव जोशी, हरिशमणि भट्ट, भगवती थापा, हिरा चौधरी, हर्क कुँवर, कृष्ण गौतम, दीपक जोशी, विमला शर्मा, डम्मर साउँद, दिपेश खत्री, टेकराज राना, भुवनराज पाण्डेय र श्रीया चौधरी रहेका छन् ।
यसअघि प्रदेश सम्मेलनको एक समारोहबीच मेलानका महासचिव राजेन्द्र खड्काले उद्घाटन गरेका थिए ।
सम्मेलनमा महाकाली अञ्चल अस्पतालका प्रयोगशाला प्रमुख प्रेमनारायण शर्मा, रक्त संचार केन्द्र धनगढीका प्रमुख धरणीप्रसाद पन्त र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य श्यामदत्त भट्टलाई सम्मान गरियो ।

असाेज २९ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार