६ कार्तिक २०८१, मंगलवार

अन्तर्राष्ट्रिय सुदूरपश्चिमेली समाजको सम्मेलन शुरु



धनगढी । रोजगार तथा अन्य कामको शिलशिलामा विदेशमा रहेका सुदूरपश्चिमका युवाहरूले गठन गरेको अन्तर्राष्ट्रिय सुदूरपश्चिमेली समाजको शुक्रबार धनगढीमा सम्मेलन शुरु भएको छ । सम्मेलनको पूर्वमन्त्री भक्तबहादुर बलायरले एक समारोहबीच उद्घाटन गरे ।
समाजका सल्लाहकार नरेन्द्र भाटले सम्मेलनले संस्थाको नयाँ कार्यसमितिको पनि चयन गर्ने बताए ।
सम्मेलन उद्घाटन समारोहमा सुदूरपश्चिमका मौलिक सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

असाेज २१ (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार