६ कार्तिक २०८१, मंगलवार

भागेश्वर साधारण सभा



धनगढी । धनगढी उपमहानगरपालिका भागेश्वर सामुदायिक वन उपभोक्ता समूहको १४ औं वार्षिक साधारण सभा तथा सार्वजनिक सुनुवाई बिहीबार भएको छ ।
साधारण सभाको सामुदायिक वन उपभोक्ता समूह, कैलालीका उपाध्यक्ष यादवप्रसाद भण्डारीले उद्घाटन गरे । कार्यक्रम भागेश्वर सामुदायिक वनका अध्यक्ष डण्डीराज सुवेदीको अध्यक्षतामा भएको थियो ।
साधारण सभामा कोषाध्यक्ष शिवबहादुर कुँवरले प्रस्तुत गरेको आर्थिक वर्ष २०७३/०७४ मा वन विकास जीविकोपार्जन तथा वन संरक्षण गतिविधिमा भएको तीन लाख ८७ हजार रुपैयाँको विवरण तथा चालू आर्थिक वर्ष २०७४/०७५ का लागि चार लाख २० हजार रुपैयाँको अनुमानित आयव्यय विवरण पारित भएको थियो ।
साधारण सभामा फेकोफन कैलालीका उपाध्यक्ष भण्डारी, ईलाका वन कार्यालयका अधिकृत यदुनाथ जोशी, वासुदेव भट्ट, खडकबहादुर पुनमगर, उत्तम वेलाल, किसनदेव जोशी र वसुन्धरा कुँवरलाई सम्मान गरियो ।
कार्यक्रमको सञ्चालन सहसचिव कृष्णप्रसाद भट्टले गरेका थिए । भने रामचन्द्र जोशीले स्वागत गरेका थिए ।

भदाै २३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार