६ कार्तिक २०८१, मंगलवार

वेपत्ताको सम्झनामा धनगढीमा द्वीप प्रज्वलन



धनगढी । ३४ औं अन्तर्राष्ट्रिय वेपत्ता दिवस (३० अगस्त) मा धनगढी द्वीप प्रज्वलन गरिएको छ । युद्ध र द्वन्द्वका कारण वेपत्ताको सम्झनामा धनगढीको पार्कमोडमा द्वीप प्रज्वलन गरिएको हो ।
कार्यक्रममा बोल्दै कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले पीडितलाई न्याय र पीडकलाई कठघरा उभ्याउन बेपत्ता छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोगले काम गरिरहेको बताउँदै वेपत्ताका आश्रितलाई जीवन सहज बनाउन स्थानीय शान्ति समिति मार्फत कार्यक्रम भइरहे पनि पर्याप्त नभएको बताए ।
वेपत्ता परिवारका सदस्य पद्मादेवी बमले आफन्तहरू जीवितै भेटिने आशमा बसेको बताउँदै बेपत्ताको अवस्था सार्वजनिक हुनुपर्ने बताइन् । द्वन्द्वपीडित गणेशबहादुर सिंहले आयोगहरूका काम ढिला भएको गुनासो गरे । नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तम जोशीले सम्पूर्ण बेपत्ता व्यक्तिको खोजी अन्तर्राष्ट्रिय, स्थानीय गैर सरकारी संस्थाबाट सम्भव नभएको र यसमा सरकारी निकाय लाग्नु पर्ने बताए । राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय प्रमुख दीपकध्वजजंग कार्कीले कैलालीमा २९ वटा वेपत्ताको घटना भएको बताए । उनले वेपत्ता जस्तो अमानवीय कार्य गर्नेलाई कानूनी कठघरामा उभ्याउन आयोगले स्वतन्त्र भएका काम गर्न पाउनुपर्ने बताए । साथै सरकारले बेपत्ता पारिएकाको खोजी सम्वन्धी महासन्धी पनि अनुमोदन गर्न आग्रह गरे । स्थानीय शान्ति समिति कैलालीका कार्यालय प्रमुख अनु हमालले कैलालीमा १५ जनाका परिवारले मृतक राहत र १६ जनाका परिवारले वेपत्ता भएको राहत बुझिरहेको जानकारी दिइन् । बेपत्ता छानविन आयोगमा भने कैलालीबाट ७३ जनाको निवेदन परेको छ ।

भदाै १५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार