६ कार्तिक २०८१, मंगलवार

खानेपानी शुद्धिकरण अभियान सञ्चालन



लम्की । कैलालीको बाढी प्रभावित क्षेत्रमा पानी शुद्धिकरण अभियान अघि बढाइएको छ । ब्याकवार्ड सोसाइटी एजुकेशन (बेस) ले जिल्लाका बाढी प्रभावित क्षेत्रमा खानेपानीको नमुना संकलन गरी परीक्षण कार्य अघि बढाएको छ ।
सो संस्थाले कैलाली जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको समन्वय र वाटर एड नेपालको सहयोगमा लम्कीचुहा नगरपालिका र टीकापुर नगरपालिका तथा जोशीपुर गाउँपालिकामा खानेपानी शुद्धिकरण अभियान अघि बढाएको जनाएको छ ।
बेसको खानेपानी सरसफाई तथा स्वच्छता परियोजना संयोजक विनोद सिंहले बाढीका कारण खानेपानीमा देखिएको प्रदूषण निराकण गर्न काम भइरहेको बताए ।
उनले लम्कीचुहा र टीकापुर नगरपालिका तथा जोशीपुर गाउँपालिकाका विभिन्न ५० वटा धाराबाट पानीको नमुना संकलन गरिएकोमा ४० वटामा दूषित भेटिएको बताए ।

भदाै १५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार