६ कार्तिक २०८१, मंगलवार

नागरिकता लिनेको भीड



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १० घुइँयाघाटका १८ वर्षीय महेश राना आइतबार मध्यान्ह १२ बजेतिर जिल्ला प्रशासन कार्यालयमा आइपुगे । उनी नागरिकता बनाउन त्यहाँ आएका थिए । दिउँसो चार बजेतिर उनले नागरिकताको प्रमाणपत्र प्राप्त गरे । ‘आज त निर्वाचन कार्यालयमा फोटो खिचाउन ढिलो भइसक्यो, भोली आउनु पर्ला’ महेशले आफूले आगामी प्रदेश तथा संसदको निर्वाचनमा मतदान गर्नका लागि मतदाता नामावलीमा नाम लेखाउन नागरिकता बनाएको बताए ।
अत्तरिया नगरपालिका–१, गोदावरीका धनादेवी थापा क्षेत्री बिहान १० बजे नै नागरिकता लिनका लागि डेढ वर्षीय छोरासहित जिल्ला प्रशासन कार्यालय पुगिकी थिइन् । प्रशासन कार्यालयमा नागरिकता लिनेहरूको भीडका कारण उनले नागरिकता पाउन धेरै समय पर्खिनु पर्‍यो । उनी पनि मतदाता नामावलीमा फोटो सहितको नाम दर्ता गराउन नागरिकता बनाउन आएकी थिएन् ।
उनीजस्तै, अत्तरिया नगरपालिका–५, गेटाका पृथ्वी चौधरीले पनि प्रशासन कार्यालयमा नागरिकता लिनको ठूलो भीडका कारण आइतबार नागरिकता प्रमाणपत्र प्राप्त गर्न सकेनन् । उनी र उनका दाइ बुबासंगै दिउसो १ बजे जिल्ला प्रशासन कार्यालय आइपुगेका थिए । उनीहरूलाई नागरिकताका लागि आज प्रशासन पुग्नुपर्ने छ । मताधिकारको प्रयोग गर्ने अवसरका लागि उनी नागरिकता बनाउन आएको बताए ।
जिल्ला प्रशासन कार्यालय नागरिकता शाखाका खरिदार लक्ष्मण जोशीका अनुसार क्षेत्रीय निर्वाचन कार्यालयले मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि नागरिकहरू नागरिकता बनाउनेको संख्या बृद्धि भएको बताए ।
उनका अनुसार मतदाता नामावलीमा नाम दर्ताका साथै एसईई पास भएका विद्यार्थीले विभिन्न प्राविधिक विषय पढ्न नागरिकता चाहिने र उमेर नपुगेका बालबालिकालाई नाबलक परिचयपत्र चाहिरने भएकोले प्रमाणपत्रका लागि विद्यार्थी आएकोले पनि कार्यालयमा चाप बढेको बताए ।
उनका अनुसार नागरिक चापकका कारण अतिरिक्त समय काम गरेर पनि नागरिकता वितरण गरिरहेको बताए । जोशीका अनुसार नागरिक चापका कारण नागरिकता वितरण शाखाका लागि अन्य कार्यालयबाट चार जना कर्मचारी थपिएका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीले साउन १ देखि १५ गतेसम्मको अवधिमा एक हजार छ सय २६ जनालाई नागरिकता वितरण गरिसकेको छ ।
साउन १ गतेबाट निर्वाचन कार्यालयले फोटोसहितको मतदाता नामावली संकलनको काम शुरु गरेका छ । कार्यालयले आज देखि ३२ गतेसम्म छ गाउँपालिका, छ नगरपालिका र एक उपमहानगरपालिकाको कार्यालयबाट मतदाता नामावली नाम दर्ता गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार