६ कार्तिक २०८१, मंगलवार

बाल सञ्जाललाई स्टेशनरी वितरण



लम्की । कैलालीको लम्कीचुहा नगरपालिका अन्तर्गत रहेको वडास्तरीय बाल सञ्जाललाई बाकस तथा स्टेशनरी वितरण गरिएको छ ।
नगर बालअधिकार संरक्षण तथा सम्वद्र्धन समितिको आयोजना तथा बालकल्याण संघ टीकापुर र महिला विकास सञ्जाल लम्कीचुहाको सहयोगमा बाल सञ्जाललाई बाकस र कार्यालय सञ्चालनको लागि आवश्यक स्टेश्नरी सामग्री वितरण गरिएको जनाइएको छ ।
स्टेशनरी हस्तान्तरण कार्यक्रम नगर बालअधिकार संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष मोतिप्रसाद उपाध्यायको अध्यक्षतामा भएको थियो ।
कार्यक्रमको सञ्चालन समितिका सचिव रंगप्रसाद तिमिल्सैनाले गरेका थिए ।
कार्यक्रममा वडाध्यक्ष भक्तबहादुर चलाउने, वडा सचिव मनिराम खनाल, स्रोत व्यक्ति कलमबहादुर खड्का, बालकल्याण संघ टीकापुरका कार्यक्रम संयोजक नयन तारा श्रेष्ठ, सुमन सञ्ज्याल, मार्कण्ये उपाध्याय, हेमा रिमाल, कमल बटाला, नेपाल पत्रकार महासंघ कैलालीका सदस्य देवानन्द न्यौपाने, मीना खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा लम्कीचुहा नगरपालिका अन्तरगत वडा नम्बर १ देखि वडा नम्बर १० सम्मका वडास्तरीय बाल सञ्जालका अध्यक्ष, उपाध्यक्ष र सचिव गरी ४० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार