१ कार्तिक २०८१, बिहीबार

निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा अभिनन्दन



धनगढी । पुर्खौली घर अछाम भएर कैलालीलाई कर्मथलो बनाएका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई सोमबार धनगढीमा बधाई तथा अभिनन्दन गरिएको छ ।
धनगढीमा स्थापित अछाम सेवा समितिको आयोजनामा कैलालीका धनगढी उपमहानगरपालिका र टीकापुर, लम्कीचुहा, गौरीगंगा, गोदावरी र मोहन्यालका प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षहरूमा धनगढीमा बधाई तथा अभिनन्दन गरियो ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमूख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट, टीकापुर नगरपालिकाका प्रमूख तपेद्र रावल र उपप्रमुख केसरी बिष्ट, लम्की चुहानगरपालिका प्रमुख महादेव बजगाईं, गौरीगंगा नगरपालिकाका प्रमुख भीम देउवा, गोदावरी नगरपालिकाका उपप्रमुख रत्ना कडायत र मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलका साथै आमन्त्रित अन्य निर्वाचित जनप्रतिनिधिहरूमा बधाई ज्ञापन गरियो ।
सो अवसरमा समितिका अध्यक्ष प्रेम शाह र सचिव कमानसिंह बोहरा लगायतले निर्वाचित जनप्रतिनिधिहरूको स्वागत तथा सम्मान गरेका थिए ।
कार्यक्रमका धनगढी उपमहानगरपालिकाका प्रमूख वडले संस्थाले गर्ने कुनै पनि रचनात्मक कार्यमा आफ्नो सहयोग र समर्थन रहने बताए ।
त्यस्तै, टीकापुर नगरपालिकाका प्रमुख रावल र उपप्रमुख बिष्ट, लम्कीचुहा नगरपालिका प्रमुख बजगाईं, गौरीगंगा नगरपालिका प्रमुख देउवा, गोदावरी नगरपालिकाका उपप्रमुख कडायत र मोहन्याल गाउँपालिका अध्यक्ष रावलले मन्तव्य व्यक्त गरेका थिए ।
अछाम सेवा समितिका अध्यक्ष शाहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समाजका सहसचिव वीरेन्द्र रावलले गरेका थिए ।
कार्यक्रममा संस्थाका सदस्य मीन कुँवरले स्वागत गरेका थिए भने सल्लाहकार सदस्य ध्रुवबहादुर कुँवरले धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार