३० आश्विन २०८१, बुधबार

बृहत वृक्षारोपण



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ स्थित जाली सामुदायिक वन उपभोक्ता समूहले शुक्रबारबाट वृक्षारोपण कार्यक्रम सुरु गरेको छ ।
वन हाताभित्र खाली रहेको क्षेत्रमा विरुवा रोपेर हरियाली बनाउने उद्देश्यले वनका पदाधिकारीहरूले वृक्षारोपण गर्न लागिएको हो ।
जिल्ला वन कार्यालयको २७ सय विरुवा सहयोगमा वृक्षारोपण गरिएको जाली सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष श्रवण देउवाले जानकारी दिए ।
अतिक्रमण स्थान तथा खाली रहेको क्षेत्रमा एक हप्तासम्म वृक्षारोपण सुरु गरिएको कोषाध्यक्ष देउवाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार