३० आश्विन २०८१, बुधबार

जनप्रतिनिधिहरूमा बधाई तथा सम्मान कार्यक्रम



धनगढी । धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख तथा वडा नम्बर १ का वडाध्यक्ष र सदस्यहरूमा आइतबार बधाई तथा स्वागत कार्यक्रम भएको छ ।
उपमहानगरपालिका वडा नम्बर १, लक्ष्मीनगर टोल समितिको आयोजनामा भएको कार्यक्रममा उपमहानगर प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट तथा वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरी, नगर कार्यपालिका सदस्य कल्याणी सिंह र वडा सदस्यहरू धर्मराज उपाध्याय, सुवास चन्द र विमला जैरुलाई स्वागत, बधाई तथा सम्मान गरियो ।
सो अवसमार उपमहानगर प्रमुख वडले प्राथमिकताका आधारमा प्रत्येक वडा, टोल तथा वस्तीमा विकास निर्माण कार्य तीब्र बनाइने बताए । उनले स्वच्छ, सुन्दर र समृद्ध नगरको आम जनताको आकांक्षा र चाहनालाई पुरा गर्नेतर्फ आफूहरू सधैं सजग र प्रतिवद्ध रहेको चर्चा गरे ।
उपप्रमुख मिश्र भट्टले महानगरपालिकाका मतदाताहरूको विश्वास र मतको सधैं सम्मान गर्दै काम गर्ने बताइन् । ‘धनगढीका आम बासिन्दाले हामीमाथि ठूलो विश्वास गर्नुभएको छ’ उनले भनिन्– ‘यो हाम्रा लागि सधैंं मार्गदर्शन भइरहने छ ।’
कार्यक्रममा वडाध्यक्ष मुडभरीले अब कुराकानी छाडेर काम गर्ने वेला आएको बताए । वडाध्यक्ष मुडभरीले केही दिनभित्रै हुने वडाभेलामार्फत प्रत्येक टोलका माग र आवश्यताको सूची तयार गरी प्राथमिकताका आधारमा काम अघि बढाइने बताए ।
कार्यक्रम टोल समितिका अध्यक्ष गोपाल देउवाको अध्यक्षतामा भएको थियो । पत्रकार मनमोहन स्वारले स्वागत गरेको कार्यक्रमको विनोद हमालले सञ्चालन गरेका थिए ।
कार्यक्रममा भोला सोव र शान्ति भट्टले टोलका समस्या तथा विकास कार्यक्रमबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार