३० आश्विन २०८१, बुधबार

नेपाल शैक्षिक मेला–२०१७ सुरु



धनगढी । कैलालीको धनगढीमा शनिबारदेखि राष्ट्रिय स्तरको नेपाल शैक्षिक मेला २०१७ शुरु भएको छ । स्थानीयलाई विदेशी तथा स्वदेशी शिक्षाको बारेमा जानकारी गराउने उद्देश्यले मेला आयोजना गरिएको जनाइएको छ ।
मेलाको एक भव्य समारोहबीच कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले गरे ।
कार्यक्रममा कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह बिष्ट र कैलाली उद्योग वाणिज्य संघका कोषाध्यक्ष पुष्प कुँवरले मेलाको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
शैक्षिक मेलाको बिजनेश प्लस टेलिभिजन, माउन्टेन टेलिभिजन र भक्ति दर्शन टेलिभिजनको संयुक्त आयोजनामा भएको मेलामा शैक्षिक विषयमा आइतबार बृहत अन्तरक्रिया समेत गरिने आयोजक समितिका संयोजक तथा पद्मा मिडिया ग्रुपका कार्यकारी निर्देशक डम्बर शाहुले जानकारी दिए ।
मुलुक संघीयतामा गइसकेकाले अब बन्ने शिक्षा नीति कस्तो प्रकारको हुनुपर्छ ? भन्ने विषयमा शैक्षिकविद् सहितको सहभागितामा व्यापक छलफल गरिने मेलाका कार्यकारी निर्देशक शाहुले बताए । उनले छलफलमा नेपाल सरकार, शिक्षा मन्त्रालय, विज्ञ, शिक्षा क्षेत्रका नीति निर्माता लगायतको सहभागिता रहने आयोजकले जानाएको छ ।
आज (आइतबार) सम्म सञ्चालन हुने मेलामा विभिन्न विश्वविद्यालय तथा कलेजका ३० वटा स्टल रहने पद्मा मिडिया ग्रुप सुदूरपश्चिम क्षेत्रीय प्रसारण केन्द्रका व्युरो प्रमुख श्रवण देउवाले जानकारी दिए । उनले मेलामा नि:शुल्क अवलोकन गर्ने व्यवस्था मिलाइएको बताए ।
आयोजकले मेलामा पाँच हजार जना बढी विद्यार्थी तथा शिक्षकले अवलोकन गर्ने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार