१ कार्तिक २०८१, बिहीबार

तीनै तहका निर्वाचनले गणतन्त्र संस्थागत हुन्छ– प्रम देउवा



धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वटै तहको निर्वाचन पुरा भएमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने बताएका छन् ।
प्रदेश नम्बर ७ को सामाजिक, आर्थिक विकास, व्यवस्थापन तथा मार्गचित्र तयारीसम्बन्धी दुई दिवसीय वौद्धिक कार्यशाला गोष्ठीको सोमबार धनगढीमा उदघाटन गर्दै प्रधानमन्त्री देउवाले गणतन्त्र संस्थागतका लागि प्रदेश र केन्द्रको चुनाव अपरिहार्य रहेको बताए ।
‘प्रादेशिक र केन्द्रीय निर्वाचन हुन जरुरी छ । यी दुई वटै निर्वाचन भएमा मुलुकस्तरीय लोकतान्त्रिक बन्ने छ ।’ उनले भने– ‘सरकारले बाँकी चुनाव समयमै गर्छ ।’ प्रधानमन्त्री देउवाले दुई चरणमा गरिएको स्थानीय तहको निर्वाचन सफलतापूर्क सम्पन्न भएको उल्लेख गर्दै तेस्रो चरण अन्तरगत प्रदेश नम्बर दुईमा तोकिएको समयमै चुनाव हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार