१ कार्तिक २०८१, बिहीबार

दश महिनाको अवधि निकै सफल– पूर्व प्रम दाहाल



टीकापुर । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो १० महिने प्रधानमन्त्रीत्वकाल सफल भएको दाबी गरे । यो अवधिमा झैं माओवादीले दश वर्षसम्म काम गर्न पाएमा नेपाल समृद्धिको शिखरमा पुग्ने बताए ।
माओवादी केन्द्रको आयोजनामा बिहीबार टीकापुरमा भएको चुनावी सभामा पूर्व प्रधानमन्त्री दाहालले दश महिनाको अवधिमा उल्लेख्य आर्थिक बृद्धि दर आएको बताए ।
‘अघिल्लो वर्षसम्म एक प्रतिशतमा रहेको आर्थिक वृद्धिदर हाम्रो नेतृत्वको सरकारको पालामा बढेर साढे सात प्रतिशत पुग्यौं’ उनले विगतमा दैनिक १८ घण्टासम्म लोडसेडि हुने गरेकोमा १० महिनाको कार्यकालमा लोडसेडिङ मुक्त गर्न सकेको बताए ।
उनले राष्ट्रवादका खोक्रा नारामात्र लगाएर देशको विकास नहुने बताए । उनले छिमेकी मुलक चीनले लागू गरेको वान वेल्ट, वान रोड नीतिअन्तरगत रहेर चीनसंग सम्झौता भएको र चिनबाट नेपालमा ठूलो लगानी भित्रिने, ठूला उद्योग खुल्ने तथा उल्लेख्य रोजगारीका अवसरमा सिर्जना हुने बताए ।
प्रर्व प्रधानमन्त्री दाहालले टीकापुर घटनामा निर्दोष रहेकाहरूमाथिको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढेको बताए ।
कार्यक्रममा टीकापुर नगरपालिका मेयर पदका उम्मेदवार ललित थापा, सांसद हरिलाल ज्ञवाली, पोलिट्व्यूरो सदस्य रुपा शोशी चौधरी र दुर्लभ पुनमगर, राजाराम चौधरी लगायतले मन्तव्य गरेका थिए ।
केन्द्रका टीकापुर नगर अध्यक्ष खडक शाहको अध्यक्षतामा भएको कार्यक्रमको दानबहादुर विकले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार