३० आश्विन २०८१, बुधबार

प्रचार एउटाको उम्मेदवारी अर्कैको



धनगढी । नेकपा माओवादी केन्द्रले कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ मा पहिले घोषणा गरिएकी दलित महिला सदस्यका उम्मेदवारलाई हटाएर अर्कैलाई उम्मेदवार बनाएको छ ।
माओवादी केन्द्रले वडा नम्बर ९ मा बाट पहिले मनि देवी कामीलाई उम्मेदवार बनाएर एक महिनादेखि प्रचारप्रसारमा खटाएकोमा उम्मेदवारी दिने दिन अर्कैलाई टिकट दिएको थियो ।
‘मनोनयनपत्र दर्ता गर्ने दिन अचानक मेरो नाम काटेर अर्कैको नाम राखे’ सोमबार धनगढीमा पत्रकारहरूसंग उनले भनिन्– ‘मैले पार्टीलाई १५ हजार रुपैयाँ दिन नसकेकोले नै मेरो नाम काटियो ।’
उनी चुनावी प्रचारप्रसारमा गएको बेला मोटरसाईकल दुर्घटनामा घाइते भएकी थिइन् ।
उनले आफूले विगत १२ वर्षदेखि माओवादी केन्द्रमा आवद्ध रहेको बताइन् । एक महिनादेखि फोटोसहितको पर्चा छापेर प्रचारप्रसारमा जुटेकी उनले आफू आर्थिक रूपमा कमजोर भएकोले नै उम्मेदवारीबाट बञ्चित हुनु परेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार