२९ पुष २०८१, सोमबार

बर्दगोरिया र मोहन्याल गाउँपालिकाबिच रोयल्टी संकलनका बिषयमा महत्त्वपूर्ण सामझधारी



बर्दगोरिया/ कैलालीको बर्दगोरिया गाउँपालिका र मोहन्याल गाउँपालिकाबिच सीमा निर्धारणका लागि महत्त्वपूर्ण सामझधारी भएको छ ।

बुधबार बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णवहादुर कुवर, उपाध्यक्ष गणेशराज गिरी, प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्की ,मोहन्याल गाउँपालिका कार्यबाहक अध्यक्ष कमल साउद, बर्दगोरिया गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम ,वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य ,मोहन्याल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष प्रेम बुढा, वडा नम्बर ३ का अध्यक्ष नवीन गिरीसहित बर्दगोरियाका इन्जिनियर टंकराज ओझा,सबइन्जिनियर सुनिल जोशी, असिस्टेन्ट सब इन्जिनियर अभिषेक रिमाल , अमिन पदम भण्डारी , ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक महेशविक्रम शाही, रोजगार संयोजक भूमीप्रसाद शर्मा लगायतको टोलिबीच सीमा क्षेत्र निर्धारणका विषयमा समझदारी भएको हो ।

पछिल्लो समय बर्दगोरिया र मोहन्याल गाउँपालिका क्षेत्रमा नदिजन्य बस्तुको रोयल्टी संकलनका विषयमा सिर्जना भएको विवाद समाधानका लागि दुबै पालिकाका प्रमुख व्यक्तिहरुले संयुक्त अनुगमन गरेर विवाद समाधानको महत्त्वपूर्ण समझदारी गरेका हुन ।

जसअनुसार अबदेखि दुबै पालिकाले आईई र ठेक्का सम्झौता भएका खोलाबाट मात्रै नदिजन्य बस्तुको रोयल्टी संकल्न गर्ने सहमति भएको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले बताए । उनका अनुसार अब मोहन्याल गाउँपालिकाले आईइ भएको स्थानमाथिबाट र बर्दगोरियाले तल्लो आफ्नो क्षेत्रबाट मात्रै यसको रोयल्टी संकल्न गर्नेछ्न ।

मोहन्याल गाउपालिकाको रोयल्टी संकलन गर्न ठेक्का पाएको कम्पनीले सम्बन्धित पालिका अथवा सम्बन्धित क्षेत्रमा बसेर मात्र संकलन गर्नुपर्ने समेत टोलीमा सहमति भएको छ ।

सहमति अनुसार अब बर्दगोरियासंग सीमा जोडिएको र ठेक्का सम्झौता भएको मोहन्याल ३ स्थित भैसिमारहाल्ने खोला अन्तर्गत मोहन्याल ३ मा पर्ने माथिल्लो क्षेत्रबाट मात्रै ठेक्का सम्झौता पाएको कम्पनीले नदिजन्य बस्तुको रोयल्टी संकल्न गर्न पाउनेछ भने ठेक्का सम्झौता नभएको मोहन्याल १ अन्तर्गत पर्ने खण्डेखोला क्षेत्रबाट भने रोयल्टी संकल्न गर्न पाउनेछैन ।

सीमा क्षेत्र निर्धारणका लागि भने आईई भएका खोला क्षेत्रलाई आधार मानी सीमा कायम गर्ने सहमति भएको मोहन्याल गाउँपालिका कार्यबाहक अध्यक्ष कमल साउदले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार