१ कार्तिक २०८१, बिहीबार

प्रहरी अधिकृतहरूविरुद्ध अदालतको अपहेलना मुद्दा



धनगढी । नेपाल बार एसोसियसन, कैलालीले जिल्लाका प्रहरी प्रमुख एसपी अर्जुन चन्द ठकुरी र प्रहरी निरीक्षक ईश्वर पाण्डेविरुद्ध अदालतको अपहेलना मुद्दा दायर गरेको छ ।
आइतबार अदालतको हाताभित्रै हतियारसहितका प्रहरी पसेर धरौटीमा रिहा भएका नेकपा माओवादी (विप्लव) का केन्द्रीय सदस्य वीरेन्द्र विकलाई प्रक्राउ गर्ने क्रममा कानुन व्यावसायीमाथि पनि हस्तक्षेप गरेको भन्दै बार एसोसिएसनले सोमबार कैलाली जिल्ला अदालतमा सो मुद्दा दायर गरेको जनाएको छ ।
लम्की बहुमुखी क्याम्पसमा स्ववियू निर्वाचनताका क्याम्पस प्रमुख र निर्वाचन अधिकृत अपहरण काण्डमा पक्राउ परेका विकलाई अदालतले आइतबार धरौटीमा छोडन आदेश दिएपछि ३६ हजार रुपैया तिरेर छुटेका विकलाई प्रहरीले पुन:पक्राउ गरेको हो । कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बीरबहादुर बुढामगरले विकसंग प्रहरीले थप बुझ्न खोज्दा प्रहरीसंगै गलत व्यवहार गरेपछि पक्राउ गर्नु परेको बताए । उनले विकलाई सोमबार ७ दिनको म्याद थप गरी अनुसन्धानमै राखिएको बताए ।
कैलाली बार एसोसिएसनका अध्यक्ष प्रेम चन्दको अध्यक्षतामा बसेको बैठकले सो घटनाको भत्र्सना गर्नुका साथै यस्ता क्रियाकलाप गर्ने प्रहरीका पदाधिकारीलाई कारबाहीको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार