विपद् जोखिम न्यूनीकरण कार्यक्रमको निरन्तरतामा जोड
धनगढी/ कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका, लालझाड़ी गाऊँपालिका र बेलौरी नगरपालिकामा संचालन ग़रिएको विपद् जोखिम न्यूनीकरण युवा नेतृत्व फेलोशिप कार्यक्रम–२०७९ सफल भएको दावी गरिएको छ।
मंगलबार धनगढीमा आयोजना भएको सुदूरपश्चिम प्रदेश स्तरिय अनुभव तथा सिकाई आदान प्रदान विपद पोर्टल स्थानीयकरण कार्यशालामा सो दावी गरिएको हो ।
यूथ इन्नोभेसन ल्याबको प्राविधिक नेतृत्वमा, मर्सी कोर नेपालको सहयोग़मा नेपाल सरकारले विकास गरेको एकीकृत विपद सूचना व्यवस्थापन बिपद पोर्टलको स्थानीयकरण समेत गरिएको थियो ।
गत बैशाखदेखि भाद्र सो परियोजना अन्तर्गत तीन जना युवा मीना न्यौपाने , सुनील भट्टराई र संगीता दाहालमार्फत स्थानीय तहको जलवायू परिवर्तन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी तथ्यमा आधारित नीति, योजना तथा कार्यक्रम निर्माण गर्न क्षमता विकास गर्दै पालिकामा रहेका प्राविधिक विशेष ग़रेर आइटी अफ़िसर र विपद सम्पर्क व्यक्तिलाई तालिम प्रदान गरेका थिए ।
यस अवधीमा पुनर्वास नगरपालिका र लालझाड़ी गाऊँपालिकाका घरधूरी तथ्यांक संकलन समेत भएको थियो ।
कार्यशालामा युथ इन्नोभेसन ल्याबका गणेश ढ़ूँगानाले कार्यक्रमहरुको बारेमा, मर्सीकोर नेपालका कार्यक्रम प्रवंन्धक सुधा खड़काले सुदूरपश्चिम प्रदेशमा संचालन भईरहेका परियोजनाको बारेमा जानकारी गराएकी थिइन ।
कार्यक्रममा मर्सीकोर नेपालका कृष्ण बसौलाले पूर्वानुमानमा आधारित पूर्व कार्य र प्रभावमा आधारित पूर्वानुमानको महत्व र आवश्यकता, सिकाई र मर्सिकोर नेपालले सुदूरपश्चिम प्रदेशमा गर्दै आईरहेको विपद जोखिम न्यूनिकरण, पूर्व सूचना प्रणाली, पूर्वानुमानमा आधारित पूर्व कार्य र उत्थानशिलता अभिवृद्धिका लागि गरेका पहलहरु सम्बन्धि प्रस्तुति गरेका थिए ।
सो अवसरमा फ़ेलोशिप कार्यक्रमको बारेमा यूथ इनोभेसन ल्यावको बाट अबिनाश सुवेदी र कुमार पौड़ेलले प्रस्तुति राखे ।
सोही अवसरमा जना फ़ेलो र स्थानीयकरन ग़रिएका तीनवटा पालिकालाई सम्मान गरियो ।
छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रतिनिधित्व गर्दै गोबिन्द केसीले मन्त्रालय र स्थानीय सरकारको सम्बन्ध अझै प्रगाढ बनाई विपद व्यवस्थापनमा दीर्घकालिन योजना निर्माण गर्नुपर्ने बताए ।
कार्यक्रममा आन्तरिक मामिला मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भौतिक विकास मन्त्रालय, भूमि तथा कृषि मन्त्रालय, ज़िल्ला प्रशासन कार्यालय, ज़िल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल, विभिन्न संचारमाध्यमहरु, ग़ैरसरकारी र सामाजिक संस्था, अन्तरास्ट्रिय ग़ैरसरकारी संस्था, लगायत विभिन्न संघ संस्थाबाट प्रतिनिधिहरू सहभागी थिए ।
कार्यक्रममा लालझाड़ी गाऊँपालिकाका अध्यक्ष निर्मल राना गाऊँपालिकाले विपद व्यवस्थापनको विषयलाई उच्च महत्वको साथ हेरेको यस कार्यक्रमको सिकाईलाई निरन्तरता दिने बताए ।
सोही कार्यक्रममा बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विश्वकर्माले जनप्रतिनिधिहरुले अझै विपद्लाई प्राथमिकतामा नराखेको विपद्का लागि पर्याप्त बजेट विनियोजन गर्न नसकेको बताए । उनले अहिलेको कार्यक्रमलाई फरक ढंगले भए पनि निरन्तरता दिइनु पर्ने बताए ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका तर्फ़बाट रिना चौधरीले प्राधिकरणले बिपद पोर्टलको सुरूवाती चरणदेखि अहिलेसम्म आउदा नेपालभर अहिलेसम्म ५३ पालिकाहरूमा स्थानीयकरणको कार्य गरिसकेको र यसलाई प्राथमिकतामा राखेको जानकारी दिइन ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०१७, पहिलो संशोधन २०१८ दफा ११ को उपदफा १ को उपधारा क मा भनिएको छ, राष्ट्रिय विपद् व्यवस्थापन सूचना प्रणालीको विकास र कार्यान्वयन गरेर, प्राधिकरणले विपद् व्यवस्थापन सम्बन्धी जानकारीर डाटा सङ्कलन, भण्डारण, विश्लेषण र साझेदारी गर्दछ। स्थानीय सरकार सञ्चालन ऐन, २०१७ मा स्थानीय सरकारको व्यवस्थापन र यससँग सम्बन्धित काम, कर्तव्य र शक्तिलाई विपद् व्यवस्थापनका लागि व्यवस्था गरिएको छ ।
यस्तै विपद् जोखिम न्यूनीकरणसम्बन्धी राष्ट्रिय नीति, २०१८ मा भनिएको छ रिमोट सेन्सिङ प्रणाली, भौगोलिक सूचना प्रणाली र खुला स्रोत प्रविधिमा आधारित विपद् सूचना व्यवस्थापन प्रणालीलाई जनता र सरोकारवालाहरूलाई सहज रूपमा उपलब्ध गराइनेछ।