१३ पुष २०८१, शनिबार

परराष्ट्रमन्त्रीद्धारा चिसापानी राजकाँडा केबलकारको शिलान्यास




चिसापानी (कैलाली)/ नेपाल सरकारका परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सुदूरपश्चिममा केबुलकार निर्माण शुरु भएसँगै थप लगानी भित्रने विश्वास व्यक्त गरेकी छन् ।

कैलालीको चिसापानीदेखि राजकाँडासम्मसञ्चालन गर्ने गरेर गरिएको केबुलबार शिलान्यास कार्यक्रममा शनिबार बोल्दै उनले सुदूरपश्चिममा केबुलकार निर्माणका लागि ठूलो लगानी हुन थालेकोमा खुसी व्यक्त गरिन । उनले भनिन केबुलबार निर्माण हुन थाल्नुमा हामी सबै बधाइको पात्र हौ ।

केबुलकार सञ्चालनका लागि सरकारले सक्दो वातावरण बनाउने बताउने छ उनले भनिन, केबुलकारका लागि लगानी आयो अब लगानीकर्ताले अन्य क्षेत्रमा पनि लगानी ल्याउछन् । उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिसापानी गड्डाचौकीसम्म छ लेनको सडक बनाउन चासो राखेको सो सडक बन्ने विश्वास गरिन ।

फरक प्रसंगमा उनले व्यवसायीलाई लगानी गर्न प्रेरित गर्न के के ऐन, कानुन परिवर्तन गर्नुपर्छ त्यसका लागि सरकार तयारी गरिरहेको पनि बताइन ।

केबुलकार शिलन्यास कार्यक्रममा बोल्दै नेपाल सरकारका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले केबुलकार निर्माणले सुदूरपश्चिमको विकासमा ठूलो टेवा पुग्ने बताए ।

सो अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले केबुलकार निर्माणको सफलताका लागि कामना गरे ।
एक वर्षमा निर्माण कार्य सकिने बताइएको सो केबलकार निर्माणका लागि एक हजार आठ सय ६६ रुख कटान भइसकेको छ भने २० बिगाह जग्गा पनि जालपादेवी केबुलकारको नाममा आइसकेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कैलालीका व्यवसायी सूर्यबहादुर थापा समूहले जालपादेवी केवुलकार सञ्चालन गर्न थालेको हो ।

सञ्चालक थापाका अनुसार लम्बाइ तीन दशमलब एक किलोमिटर लामो रहने केवुलकारको यात्रा अवधी दश मिनेटको रहने छ । सो केबलुकारमा १५ वटा टावर र ३४ वटा गोन्डुला रहने गरेर डिपिआर निर्माण भएको छ । सो केबुलकारको निर्माण गर्न सात अर्ब रुपियाँको लगानीमा हुनेछ ।

थापाका अनुसार केबलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिकादेवी, कैलाश धामलगायतका धार्मिकस्थल, हात्ती ढुङ्गालगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिनेछ । निर्माण समुहले केबलकारबाट हुने कुल आम्दानीको दुई प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने प्रतिवद्धता गरेको छ ।

यस्तै केबुलकारको निर्माणसँगै चिसापानीमा ५० बेड र राजकाँडामा एक सय बेड क्षमताका होटल र सभाहल निर्माण गरिने बताइएको छ । केबलकारको बटम स्टेशन कर्णाली चिसापानीमा रहने जनाइएको छ ।

केवलकार सञ्चालनले सुदूरपश्चिमको पर्यटन विकाससंगै आर्थिक उपार्जनमा समेत सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार