६ कार्तिक २०८१, मंगलवार

कान काटेर दिउँसै गहना लुटियो



धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४, फूलबारी बगपुरमा एक महिलाको दिउँसै गहना लुटिएको छ ।
बगपुरकी ४५ वर्षीया लक्ष्मी फुलाराको आइतबार दिउसो गहना लुटिएको बताइएको छ । सो क्रममा लुटेराले उनको काम नै काटेर एक तोलाको सुनको गहना लुटेको उनका श्रीमान लक्ष्मणले बताए ।
आफ्नै घर पछाडि दाउरा संकलन गरिरहेको वेला एक्कासी एक जना अपरिचित व्यक्तिले गहना लुटेको थियो ।
लुटेरालाई लक्ष्मी फुलाराले हसिया प्रहार गरेकी थिइन् ।
प्रहरीले लुटेराको खोजतलास तीब्र बनाएको सीमा प्रहरी चौकी बहुलियाका ईञ्चार्ज धनबहादुर नाथले बताए ।
पीडित महिला धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार पछि घर फर्केकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार