५ कार्तिक २०८१, सोमबार

एमालेद्वारा टीकापुरमा चुनावी कार्यक्रम



टीकापुर । कैलालीको टीकापुर नगरपालिकामा शनिबार नेकपा (एमाले)ले चुनावी कार्यक्रम गरेको छ । सो क्रममा नगरपालिकाका प्रमुखका एमाले उम्मेदवार तपेन्द्र रावल र उपमेयरका उम्मेदवार कमला केसीले नगरपालिकाको विकास लागि आफ्ना योजना प्रस्तुत गरेका थिए ।
उनीहरूले चक्रपथ निर्माण, नगर बससेवा सञ्चालन, सबै वडाका सडकमा कालोपत्रे, पाँच वर्षभित्र टीकापुरलाई उपमहानगरपालिका बनाउने लगायतका प्रतिवद्धता व्यक्त गरेका थिए ।
त्यस्तै, लम्की–खक्रौला सडकलाई चार लेन बनाउने, डुडेझारी–टीकापुर सडक कालोपत्रे, टीकापुरलाई थापापुर वाणीसंग जोड्ने र पथरैया नदीमा पक्की पुल निर्माण गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।
यस्तै, एमाले चुनावलाई लक्षित गरी युवा भेला आयोजना गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार