५ कार्तिक २०८१, सोमबार

औद्योगिक व्यवस्थापन तालिम



धनगढी । नेपाल डेरी एसोसियसनको आयोजनामा औद्योगिक व्यवस्थापन र जिएमपी तालिम सोमबारदेखि धनगढीमा शुरु भएको छ ।
कार्यक्रममा राष्ट्रिय दुुग्ध विकास बोर्डका कार्यकारी निर्देशक कैलाशप्रसाद ढुुंगेलले सरकारले दुई वर्षभित्र देशलाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको चर्चा गरे ।
उनले तीन वर्षदेखि दूधको मूल्यमा बृद्धि नभएकोले किसानहरू मर्कामा परेकोले समाधानका लागि पहल गर्ने बताए ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष सुुमित केडियाले हालको अवस्थामा डेरीले २० हजार जनालाई प्रत्यक्ष रोजगार दिइरहेको बताए
हाल सुुदूूरपश्चिममा ७५ हजार लिटर दूधको माग रहेकोमा ५५ हजार लिटर मात्रै दूध उत्पादन भइरहेको उनले बताए ।
कार्यक्रममा कृषि विकास कार्यालय कैलालीका प्रमुख युुवराज पाण्डे, जिल्ला पशु विकास कार्यालयका डाक्टर वसन्तबहादुर सिंह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
डेरी एसोसिएसनका प्रदेश नम्वर ७ का प्रमुुख प्रेम पाठकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका महासचिव प्रल्हाद दाहालले गरेका थिए । भने एशोसियसनका सदस्य कर्ण हमाले धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।
तालिममा ९ वटै जिल्लाका ७५ जना डेरी व्यावसायीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार