६ कार्तिक २०८१, मंगलवार

चुनावी गतिविधि : चुनावी सरगर्मी बढ्यो, घरदैलोमा व्यस्त उम्मेदवारहरू



धनगढी । दोस्रो चरणको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा धनगढी उपमहानगरपालिकामा विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरूबीच मतदाताको घरदैलोमा पुग्नेमा तीब्र प्रतिस्पर्धा रहेको छ ।
विभिन्न राजनीतिक दलका उम्मेदवारहरू आ–आफ्ना पार्टीका नेताकार्यकर्तासहित विभिन्न वडा, टोलवस्तीमा बिहानदेखि बेलुकासम्म घरदैलोमा जुटेका छन् । घरदैलोसंगै उम्मेदवारहरू मोटरसाइकल र्‍याली, कोणसभा लगायतका चुनावी कार्यक्रममा सहभागी भइरहेका छन् ।
शनिबार मात्रै कैलालीका सबै १३ स्थानीय तहका लागि उम्मेदवारी टुंगो लागेपछि नेपाली काँग्रेसले चुनावी प्रचारप्रसारलाई व्यापक बनाएको छ ।
धनगढीमा नेपाली काँग्रेसले शनिबार नम्बर २ र १७ मा घरदैलो कार्यक्रम गरेको छ । १७ नम्बरमा भएको घरदैलो कार्यक्रममा काँग्रेसका तर्फबाट उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार नृपबहादुर ओड, वडाध्यक्षका उम्मेदवार माधव राना र सदस्यका उम्मेदवारहरू, क्षेत्र नम्बर ६ का प्रचार संयोजक हरि रेग्मी, लगायत नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
त्यस्तै, वडा नम्बर २ मा भएको घरदैलोमा मेयर पदका उम्मेदवार ओड, वडाध्यक्षका उम्मेदवार नरबहादुर बम, काँग्रेस नेता आनन्दराज जोशी, जिल्ला सचिव पूर्ण कुँवर, जिल्ला सदस्य केशवराज मिश्र, उद्धवबहादुर बिष्ट लगायत सयौंको संख्यामा नेताकार्यकर्ताको सहभागिता रहेको थियो ।
यसैगरी, नेकपा एमालेले पनि शनिबार मेयरका उम्मेदवार दुर्गा जोशी, उपमेयर रुक्मिणी देवकोटा सहित विभिन्न वडामा घरदैलो कार्यक्रम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार