६ कार्तिक २०८१, मंगलवार

लम्कीचुहामा चुनावी प्रचारप्रसार तीब्र



लम्की । कैलालीको लम्कीचुहा नगरपालिकामा विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीब्र बनाएका छन् ।
यस क्रममा शनिबार नेपाली काँग्रेसले नगरपालिकाको वडा नम्बर १ मा घरदैलो अभियान गरेको छ ।
लम्कीचुहा नगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार भक्तबहादुर थापा र उपमेयरका उम्मेदवार धना देवि चौधरी तथा वडाध्यक्ष र सदस्यहरूका उम्मेदवारसहित नेताकार्यकर्ता घरदैलोमा सहभागी रहेका थिए ।
काँग्रेसका नगर समितिका प्रवक्ता लवबहादुर शाहीका अनुसार चुनावी प्रचारप्रसारमा पार्टीका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि, जिल्ला समितिका पदाधिकारी तथा सदस्य, क्षेत्रीय कार्यसमिति तथा नगर समितिका पदाधिकारी तथा सदस्य, भातृ तथा सुभेच्छुक संगठनका प्रतिनिधि र क्रियाशील सदस्यहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार