६ कार्तिक २०८१, मंगलवार

स्तरोन्नती हुँदै बसपार्क



धनगढी । जर्जर अवस्थामा रहेको धनगढी बसपार्कको स्तरोन्नती हुने भएको छ । शहरी विकास तथा भवन डिभिजन कार्यालय, कैलालीले धनगढी बसपार्क स्तरोन्नतीका लागि टेण्डर गरेको छ ।
धनगढी बसपार्कको क्षमता विस्तारका लागि तीन करोड रुपैयाँको लागतमा पुरानो संरचनालाई व्यवस्थापन गरिने छ । डिभिजन प्रमुख रवीन्द्र बोहराले हालको टिकट काउन्टर हटाइने र पुरै बसपार्क कालोपत्रे गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार