दोहोरो कर असुली विरुद्ध जिविस घेराउ
धनगढी । कैलालीका तरकारी तथा फलफूल व्यवसायीहरूले धनगढीमा आज जिल्ला विकास समिति घेराउ गरेका छन् । जिविस कैलालीले एउटै वस्तुमा दोहोरो कर असुली नरोकेको भन्दैै किसान, तरकारी तथा फलफूल व्यवसायीहरूले विरोध गरेका हुन् ।
दोहारो कर खारेजको माग गर्दै आइतबार धनगढीमा विरोध ¥याली निकालेका थिए । ¥याली सब्जीमण्डीबाट नैनीदेवी मन्दिर हुँदै हाटबजार पुगी कोण सभामा परिणत भएको थियो ।
फलफूल तथा तरकारी व्यवसायी संघ कैलाली अध्यक्ष हरिदत्त भट्टले पटक–पटक सरोकारवाला निकायलाई जानकारी गराउँदा समेत मागको कुनै सुनुवाई नभएको भन्दै चरणबद्ध रूपबाट आन्दोलन गरेको बताए । दोहोरो कर प्रणाली पूर्ण रूपमा खारेज नगरिदासम्म विरोधका कार्र्यक्रमहरू जारी राख्ने उनको भनाई छ ।
दोहोरो कर प्रणालीको खारेजीको माग गर्दै पुस ४ गते विभिन्न ११ वटा सरोकारवाला निकायहरूलाई ज्ञापनपत्र बुझाइएको भएपनि कुनै पनि निकायबाट केही सहयोग नभएको व्यवसायी खगेन्द्रराज जोशीले बताए ।
कानूनमा जिल्लामा उत्पादित कृषि उपजहरूको निकासी कर एक प्रतिशत नबढाई पाउने भएपनि जिविसले ठाउँठाउँबाट १५ प्रतिशतसम्म कर लिने गरेको उनले गुनासो गरे ।
जिल्ला विकास समितिले कैलाली जिल्लाको चिसापानी, तेघरी तथा त्रिनगर नाकामा कर उठाउने गरेको संघर्ष समिति संयोजक नन्दराज भट्टले बताए । उनले भने– देशका अन्य भागबाट कृषि उपज कैलालीमा भिœयाउँदा चिसापानीमा जिल्ला विकास समितिले आयात कर लिन्छ त्यही वस्तु पहाड पठाउँदा कैलाली जिविसले तेघरीमा निर्यात कर उठाउँछ ।’