८ पुष २०८१, सोमबार

लक्षित समूह कार्यक्रमबारे लेखाजोखा



रतनपुर । कैलालीको साविक रतनपुर गाविसमा बुधबार कृषि खाद्य सुरक्षा र लक्षित कार्यक्रमको सामाजिक लेखाजोखा भएको छ ।
फाया नेपालद्वारा सञ्चालित क्षेत्रीय खाद्य सुरक्षा सुशासन परियोजना अन्तर्गत आयोजित सो कार्यक्रममा सीमान्तकृत समुदायलाई कृषि, खाद्यअधिकार, खाद्य सुरक्षा र लक्षित कार्यक्रम बजेट तथा सेवासुविधा बारेमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
कार्यक्रममा कैलारी गाउँपालिका–७ का सचिव सन्तोषकुमार चौधरीले आर्थिक वर्ष २०७३/०७४ को बजेटमा रहेको लक्षित समूहको बजेट र कार्यक्रम तथा गाविसमा खाद्यअधिकार र खाद्य सुरक्षाको अवस्थाबारे जानकारी दिएका थिए ।
कार्यक्रममा रतनपुर स्वास्थ्य चौकीकी रामदुलारी चौधरी, हरियाली सहकारीका अध्यक्ष लेखराम चोधरी, फाया नेपालका प्रतिनिधि राजेन्द्र रैका, वडा नागरिक मंचका संयोजक जागुराम चौधरी, गौरीशंकर चौधरी, बिष्णा सुनार, राजकुमारी चौधरीलगायतले जिज्ञासा व्यक्त गरेका थिए ।
कार्यक्रम रतनपुर किसान महासंघका सदस्य रामकृष्ण चौधरीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार