६ कार्तिक २०८१, मंगलवार

चुनावी गतिविधि : माओवादी केन्द्रको चुनावी सभा



धनगढी । आगामी जेठ ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनको तयारीका लागि नेकपा माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकाका वडा वडामा चुनावी सभा गरिरहेको छ ।
घरदैलोमा गएर मतदाता भेटघाटसँगै वडा स्तरमा चुनावी सभाहरू भइरहेका नेकपा माओवादी केन्द्रका धनगढी नगर इञ्चार्ज रमेश धामीले बताए । धनगढी उपमहानगरपालिकाका सबै वडामा चुनावी सभाहरू गरिने उल्लेख गर्दै उनले हाल सम्म ७ वडामा चुनाव सभा सम्पन्न भइसकेका बताए ।
माओवादीले धनगढी उपमहानगरपालिकाको मेयर, उपमेयर तथा सबैजसो वडाका अध्यक्ष र सदस्यका उम्मेदवार घोषणा गरेर प्रचारप्रसार गरिरहेको छ ।
यसैबीच नेकपा माओवादी केन्द्रले धनगढी उप–महानगरपालिका–१२, जुगेडामा आइतबार चुनावी सभा गरेको छ ।
कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्ट, धनगढी नगर इञ्चार्ज रमेश धामी, नगर अध्यक्ष निर्मल शाह, मेयर पदका उम्मेदवार रामसमझ राना, उपमेयर पदका उम्मेदवार शान्ति अधिकारी, धनगढी–१२, का अध्यक्ष पदका उम्मेदवार खडकराज भट्टलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार