१८ बैशाख २०८१, मंगलवार

सम्पर्क कार्यालय स्थापना



बौनिया । स्थानीय निर्वाचनलाई दृष्टिगत गरी एमालेले कैलालीको बर्दगोरिया गाउँपालिकाका विभिन्न वडामा सम्पर्क कार्यलय स्थापना र कार्यकर्ता भेटघाटलाई तीब्र बनाएको छ ।
यस क्रममा शुक्रबार वडा नम्बर ३, रानीकुण्डामा सम्पर्क कार्यालयको उद्घाटन गरियो ।
कार्यक्रम वडा अध्यक्ष पदका उम्मेदवार कर्ण सुनारको अध्यक्षता भएको थियो ।
सो अवसरमा गाउँपालिका संयोजक दिलबहादुर विक, नैनसिंह बुढा, जयरूप खतिवडा, सावित्रा सापकोटा, टंक वली, वीरबहादुर बडैला, कोकीला खत्री, बुद्धिसरा कामी, रवी जनाला लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार