७ कार्तिक २०८१, बुधबार

सिंचाई बोर र ईन्जिन वितरण



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १७ का किसानहरुलाई सिंचाई बोर र ईन्जिन वितरण गरिएको छ ।
मंगलबार एक कार्यक्रमबीच नगर प्रमुख नृपबहादुर वड र वडा नम्बर १७ का अध्यक्ष माधवराज रानाले किसानहरुलाई सिंचाईं बोर र ईन्जिन प्रदान गरे ।
वडाध्यक्ष रानाका अनुसार कृषि कार्यक्रम अन्तर्गत वडा कार्यालयले चालू आर्थिक वर्षको बजेटमा १२ लाख रुपैया“ विनियोजन गरेको बताए । वडाध्यक्ष रानाका अनुसार सोही रकमबाट नौ वटा सिंचाईं बोर र आठ वटा इन्जिन खरिद गरेर किसानलाई वितरण गरिएको छ । ती सिंचाईं उपकरणहरु टोलबासीले आवश्यक परेका वेला प्रयोग गर्न पाउने व्यवस्था मिलाइएको छ ।
कृषि उपकरण वितरण कार्यक्रममा नगर प्रमुख वडले वडा नम्बर १७ लाई कृषि पकेट क्षेत्रका रुपमा विकास गरिएको बताए ।
उनले उपमहानगरपालिकाले किसानहरुलाई सिंचाई, कृषि उपकरण, वीऊविजन लगायतमा सहयोग गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार