७ कार्तिक २०८१, बुधबार

सुदूरपश्चिममा सातौं पटक हिमपात



धनगढी । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सातौ पटक भारी हिमँपात भएको छ ।
सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा मंसिरदेखि पटकपटक हिमपात भइरहेको छ ।
बिहीबार रातिदेखी सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको छ । पटक–पटक हिमपात भएका कारण अहिलेसम्म सडक यातायात सञ्चालनमा कठिनाई भइरहेको बाजुराको हिमाली गाउ“पालिका वडा नम्बर ३ का वडा सदस्य जगत बहादुर लामाले वताए ।
उनले धेरै बर्षपछि भारी हिमपात भएको वताए ।
हिमपातका कारण बाजुराको मार्तडी कोल्टि सडक शुक्रबारदेखि पुनः अवरुद्ध भएको छ ।
हिमपातका कारण जिल्लाका सबै विद्यालयको पठनपाठनमा समस्या भएको जिल्ला शिक्षा समन्वय अधिकारी गोपालदत्त जोशीले वताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार