२१ मंसिर २०८२, आईतवार

बनमा बसोबासको माग गर्दै अनशन



धनगढी । बन क्षेत्रमा अतिक्रमण गरेर बसोबास गर्न पाउनुपर्ने माग सहित एक व्यक्ति सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय अगाडी अनशनमा बसेका छन् ।
कैलालीको गोदावरी नगरपालिकाका काले भुल १२ वर्षीय छोरासहित मन्त्रालय अगाडी अनशन बसेका छन् । उनले आफुले भोगचलन गरेर बस्दै आएको जमिनबाट नहटाउन माग गरेका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर ३ मा घर भएका कालेले आफूले २०६२ सालदेखि सो जग्गामा भोगचलन गर्दै आएको बताए । उनले आफूलाई ऐलानी जग्गाबाट हटाउन खोजेकोले अनशन बस्नु परेको बताए ।
उनले चेतना सामुदायिक वनको जग्गा खनजोत गरी भोगचलन गर्दै आए पनि जनप्रतिनिधिको स्वार्थमा आफूलाई हटाएर अरुलाई बसाल्न थालेको आरोप लगाए । उनले स्थानीय जनप्रतिनिधि, वन कर्मचारी र वन मन्त्रालयलाई गुहार्दा समेत सुनवाई नभएकाले अनसन बस्न बाध्य भएको बताए ।
उनले बनको जग्गामा बसोबास गरेका अरुले पहुँचका आधारमा विद्युत सेवा लगायतका सुविधा पाए पनि आफूलाई भने वञ्चित गरिएको आरोप लगाए ।
कालेले छोरा सहित २०७१ सालमा पनि सोही जग्गा अतिक्रमणको विषयमा एक वर्ष कैलाली जिल्ला कारागारमा थुनामा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार