३ आश्विन २०८१, बिहीबार

दुर्घटनामा १३ जना घाइते



धनगढी । कैलालीको धनगढी दुर्घटनामा परी आईतबार १३ जना घाईते भएका छन् । गोदावरी नगरपालीका–५ गेटा माछापोखरी अगाडी ट्रकले म्याजिकलाई ठोक्कर दिँदा १३ जना घाईते भएका हुन् ।
धनगढीबाट अत्तरिया तर्फ जादै गरेको से १ ज ३८१ नम्बरको म्याजीकलाई विपरित दिशाबाट आएको भे १ ख २८१ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
उक्त दुर्घटनामा पाँच जना गम्भिर, तीन जना मध्यम र पाँच जना सामान्य घाईते भएको प्रहरी कार्यालयले जनाएको छ । गम्भिर घाईते हुनेमा गोदावरी नगरपालिका–५ बस्ने गुन्जन मगर, अछाम चौरपाटी–७ बस्ने बर्ष ४० वर्षिय मानबहादुर बिक, गोदावरी नगरपालिका वडा नम्बर १ बस्ने ४० वर्षिय गोबिन्द चौधरी र २२ वर्षिय अम्मर खुना रहेका छन् । यस्तै, गोदावरी नपा–७ बस्ने ३५ वर्षिय रामबहादुर ऐर, अन्दाजी ३५ वर्षिय कृष्णी सुनार र भारतको पलिया घर भएका ४४ वर्षिय संजय अग्रवाल मध्यम घाईते भएका छन् भने गोदावरी नपा बस्ने ८० वर्षिय जोगीलाल चौधरी, डोटीका १८ वर्षिय पशुपती ओली, कञ्चनपुर कृष्णपुर नपा–९ बस्ने २८ वर्षिय करन राना, गोदावरी नपा–११ का २० वर्षिया पारु बोहोरा, १८ वर्षिय हर्क बोहरा र अछामकी १८ वर्षिया एलिसा विक सामान्य चोट पटक लागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक विरबहादुर बुढा मगरले बताए ।
प्रहरीले ट्रक, म्याजिक र चालक गोदावरी नगरपालिका–५ का रामकृष्ण चौधरीलाई नियन्त्रणमा लिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार