५ कार्तिक २०८१, सोमबार

एमालेको जानकी गाउँपालिमा कार्यकर्ता भेला



धनगढी । नेकपा (एमाले) जानकी गाउँपालिकामा अगुवा कार्यकर्ता भेला गरेको छ ।गाउँ संगठन कमिटि संयोजक जन्मराज काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा कैलाली जिल्ला अध्यक्ष दीर्घ सोडारी प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रममा प्रदेश सदस्य शंकर कुँवर, जिल्ला कार्यालय सचिव विमल जोशी, पुर्व उपसचिव टेकबहादुर बम, मेयरका दावेदार जगत चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । बप्पल रावतले स्वागत गरेको कार्यक्रमको सञ्चालन तीर्थराज उपाध्यायले गरेका थिए । कार्यक्रममा साविक जानकीनगर, दुर्गौली, पथरैया र मुनुवा गाविसका कार्यकर्ताहरूको सहभागिता रहेको एमाले जिल्ला कार्यालय सचिव विमल जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार