६ कार्तिक २०८१, मंगलवार

लागू पदार्थ दुव्र्यसन नियन्त्रणसम्बन्धी तालिम



धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका, लम्कीमा सोमबार बाल क्लव तथा बाल सञ्जालका पदाधिकारीहरूका लागि लागूपदार्थ दुव्र्यसन नियन्यत्रण सम्बन्धी तालिम सञ्चालन भएको छ ।
कार्यक्रम नगर बालअधिकार संरक्षक तथा सम्बद्र्धन समितिका अध्यक्ष मुक्तप्रसाद उपाध्यायको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा लम्कीचुहा नगरपालिकाका वडा सचिव मनिराम खनाल, नेपाली कांग्रेसका नगर सभापति रामबहादुर बिष्ट, नेकपा माओवादी केन्द्रका दलबहादुर विष्ट, राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष मिलन शाही, राप्रपाका नगर अध्यक्ष अविलाल चौलागाई, नेपाल कम्यूनिष्ट पार्टीका नगर सचिव नवराज खनाल, लोकबहादुर देउवा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
दुई दिनसम्म चल्ने तालिममा नगरपालिकाका विभिन्न वडाबाट ४० जना बालबालिकाको सहभागिता रहेको छ । कार्यक्रमको सञ्चालन नगर बालअधिकार संरक्षण तथा सम्वद्र्धन समितिका सचिव रंगप्रसाद तिमिल्सेनाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार