१५ पुष २०८२, मंगलवार

झुठा मुद्दा लगाइयो– काँग्रेस : तत्काल रिहा नगरे आन्दोलन गर्ने चेतावनी



धनगढी । नेपाली काँग्रेस कैलालीले झुठा मुद्दा लगाएर आफ्ना कार्यकर्तालाई पक्राउ गरिएको भन्दै विरोध गरेको छ । काँग्रेसले पक्राउ गरिएकाहरूलाई तत्काल रिहा नगरे कडा आन्दोलन गर्ने पनि चेतावनी दिएको छ ।
नेपाली काँग्रेस कैलालीका सचिव पुर्ण कुँवरद्वारा शुक्रबार जारी बिज्ञप्तीमा सत्ता वन प्रशासनको मिलेमतोमा राजनीतिक प्रतिशोध साध्न मोहन्याल गाउपालिका वडा नम्बर ३ बाट नेपाली कांग्रेसका तर्फबाट विजयी वडाध्यक्ष नन्द राज गिरी र सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जय गिरीलाई पक्राउ गरिएको घटनाको तीब्र विरोध गरिएको छ ।
कैलालीको मोहन्याल गाँउपालिका वडा नम्बर ३, फलेविसौनामा निर्माणाधिन सडकमा सालका रुख काटेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको बताइएको छ ।
“यो घटनामा वडाध्यक्ष र सामुदायिक बनका अध्यक्ष कांग्रेस भएकै कारण पूर्वाग्रही ढंगले झुठा मुद्दा लगाएर फसाउन खोजिएको छ” विज्ञप्ती मार्फत काँग्रेसले दुवै जनालाई निशर्त रिहा गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार