महिला हिंसा विरुद्धको १६ दिने अभियान स् प्रदेशस्तरीय अन्तरक्रिया
धनगढी । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानका क्रममा शुक्रबार धनगढीमा सुदूरपश्चि प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम भएको छ ।
शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला संजालको आयोजना लैंगिक तथा महिला हिंसा सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया भएको जनाइएको छ ।
कार्यक्रमा सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लाका महिला अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा अधिवक्ता गणेश कठायतले लैंगिक तथा महिला हिंसा विरुद्ध संविधानले गरेको व्यवस्था तथा नयाँ कानूनहरूले गरेको व्यवस्थाको बारेमा प्रस्तुति गरेका थिए ।