७ पुष २०८१, आईतवार

साथी, दौतरी शिक्षा तालिम



धनगढी । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत अभिभावकहरूका लागि साथी/दौतरी शिक्षा सम्बन्धी तालिम बिहीबार धनगढी उपमहानगरपालिका, उर्मास्थित जनजागृति आधारभूत विद्यालयमा भएको छ ।अभिभावकहरूलाई घरमा पढाई वातावरणलाई प्रवद्र्धन गर्न र नियमित रूपमा विद्यालय भ्रमण गरी आफ्ना बालबालिकाको सिकाइ उपलब्धि जानकारी प्राप्त गर्ने, विद्यालयमा विद्यार्थी केन्द्रित शिक्षण सिकाई प्रवद्र्धनको संस्कृति विकासका लागि सान्दर्भिक औजार प्रयोग गरी अभिभावक–अभिभावक तथा शिक्षक–अभिभावकबीच नियमित छलफलको वातावरण सिर्जना गर्ने उद्देश्यले सो तालिम सञ्चालन गरिएको जनाइएको छ ।
तालिममा धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का वडा सदस्य कालुराम चौधरीले तालिमले प्रारम्भिक तहका विद्यार्थीहरूको पठनपाठन सीपमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक मनोज चौधरी, शिक्षक अभिभावक संघका अध्यक्ष विकास चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामदिन चौधरीको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार