१५ पुष २०८२, मंगलवार

निर्मलाका बुवा यज्ञराजको काठमाडौंमा उपचार सुरु



काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराजलाई त्रिवि शिक्षण अस्पताल पुर्‍याएको । उनको मानसिक अवस्था बिग्रिंदै गएपछि उपचारका लागि अस्पतालमा ल्याइएको हो ।
उनलाई अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार प्रक्रिया अगाडि बढाइएको छ । उनको उपचारमा डा तीर्थमान श्रेष्ठ नेतृत्वको मेडिकल टिम खटिएको छ ।
उनलाई सुरुमा विमानबाट काठमाडौं ल्याउने तयारी भएको थियो । तर, धनगढी विमानस्थल पुर्‍याइएका पन्तले एक्कासी रुने, हाँस्ने, बर्बराउने, गालीगलौज गर्न थालेपछि विमानबाट ल्याउन दिइएन ।
त्यसपछि उनलाई सेती अञ्चल अस्पताल लगिएको थियो । अस्पातलले उनलाई काठमाडौं लैजान भनेको थियो ।
छोरी निर्मलाको हत्या भएको ४ महिना पुग्दासमेत अपराधी पत्ता लगाउन नसकेको भन्दै उनले सरकारलाई अनुसन्धानमा दवाव दिन परिवारसहित धर्नामा बसेका थिए । धर्नामा बस्दा शारीरिक रूपमासमेत कमजोर भएका यज्ञराजको बिहीबारदेखि मानसिक अवस्थामासमेत खराबी आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार