१५ पुष २०८२, मंगलवार

निर्मला हत्या छानबिनमा सरकार उदासिन– नेता थापा



धनगढी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले कञ्चनपुरको भीमदत्तनगरपालिका, उल्टाखामका १३ वर्षीया बालिका निर्मला पन्त हत्या घटनाको छानबिनमा सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन् ।
बुधबार बिहान कञ्चनपुरको भीमदत्तनगरस्थित काँग्रेस पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाटमा नेता थापाले निर्मला हत्या घटनामा पीडितलाई न्याय दिन सरकार उदासिन भएकै कारण सरकारप्रतिको जनविश्वास कम हुँदै गइरहेको दावी गरे ।
कार्यकर्ता भेटघाटपछि जिल्ला प्रशासन कार्यालय अगाडि दुई सातादेखि धर्नामा बसेका निर्मलाका बुवाआमासँग भेट्न पुगेका नेता थापाले निर्मलाको न्यायका निम्ति जारी लडाईंमा आफ्नो पनि ऐक्यवद्धता रहेको बताए ।
“तपाईहरू आफनो स्वास्थ्यको पनि ख्याल गर्नुहोस्,” उनले भने– “म तपाईहरूको माग प्रधानमन्त्री र प्रतिपक्षी दलका नेता समक्ष म पुर्‍याउने छु ।”
उनले निर्मला हत्या घटनाको छानबिनमा सरकारमाथि दवाव दिन प्रतिपक्षी दल काँग्रेसको भूमिका पनि सशक्त नदेखिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार