‘नीति निर्माता’ विमोचन
धनगढी । जनक रसिकद्वारा प्रकाशित/सम्पादित सुदूरपश्चिम प्रदेशका सांसदहरूको जीवनीमा आधारित पुस्तक ‘नीति निर्माता’ शनिबार धनगढीमा विमोचन गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रदेश सभाका सभामुख अर्जुन थापाले एक कार्यक्रममा लोकार्पण गरेका हुन् । पुस्तकमा प्रदेशका ५३ जना सांसद्हरूको जीवनी, सुदूरपश्चिमका ऐतिहासिक कालखण्डको विवरण समेटिएका छन् ।
विमोजन कार्यक्रममा डा. तारा ओझाले पुस्तकको राजीतिक समीक्षा गरेका थिए भने प्राध्यापक गणेशराज जोशीले साहित्यिक समीक्षा गरेका थिए । कार्यक्रममा प्रदेशका सांसदहरू, साहित्यकारहरू लगायतको सहभागिता थियो ।
‘नीति निर्माता’ पुस्तकका सम्पादक रसिक प्राध्यापन, साहित्य तथा पत्रकारिता पेशामा आवद्ध छन् ।