मैत्रीपूर्ण फुटबल शुरु
धनगढी । उपदेश युवा क्लवको आयोजनामा धनगढी उपमहानरपालिका वडा नम्बर ६, जालीमा आइतबारदेखि मैत्रीपूर्ण फुटवल प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगिताको एक कार्यक्रमबीच धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उद्घाटन गरे ।
प्रतियोगितामा नगरका आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिता उद्घाटन कार्यक्रम क्लवका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा नगर प्रमुख वड, वडा नम्बर ६ का अध्यक्ष भागिराम चौधरी र समाजसेवी गजैसिंह देउवाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्लवका उापध्यक्ष समुद्रप्रसाद चौधरीका अनुसार फुबवल प्रतियोगिता नकआउटका आधारमा सञ्चालन हुने छ । प्रतियोगिता कात्तिक १ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।