महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न
धनगढी । धनगढीमा महिला जेसीज सप्ताहव्यापी कार्यक्रम विभिन्न कार्यक्रम गरी मंगलबार समापन भएको छ । धनगढी लेडी जेसीजले आज प्रकरण गोष्ठीको आयोजना गर्दै सप्ताहव्यापी कार्यक्रमको समापन गरेको हो ।
गोष्ठीमा अखिल नेपाल महिला संघ कैलालीकी अध्यक्ष गीता सोडारी, शिक्षिका जागृति विष्ट र शान्ति सिंहले ‘सकरात्मक परिवर्तनका लागि सिर्जनाशीलता’ बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सांसद पूर्णा जोशी प्रमुख अतिथि रहेकी थिइन् । धनगढी लेडी जेसिजकी अध्यक्ष दीप्ति शाहीको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी जेसीजका पूर्व अध्यक्ष, अध्यक्ष, पदाधिकारीको सहभागिता रहेको थियो ।
कार्यक्रम संयोजक तुल्सी शाहीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी शाहीले गरेकी थिइन् ।
लेडी जेसिजले सप्ताह अन्तर्गत लिडरशीप र लाइफसाइकल भन्ने विषयमा तालिम, दृष्टि फाउण्डेसनलाई सहयोग, शिक्षक सम्मान, नि:शुल्क स्वास्थ्य शिविर, लागूपदार्थ दुव्र्यसनी विरुद्ध जनचेतना कार्यक्रम, महिला हिंसा सम्बन्धी अन्तरक्रिया कार्यक्रम, प्रकरण गोष्ठी र सम्मान कार्यक्रम गरेको छ ।




