१८ पुष २०८१, बिहीबार

विकृति बिसंगति अन्त्य गर्न एकजुट बनौं– प्रदेश प्रमुख मल्ल



धनगढी । प्रदेश ७ का प्रमुख मोहनराज मल्लले समाजमा व्याप्त सामाजिक तथा सांस्कृतिक कुरीति, विकृति, बिसंगति अन्त्यका लागि सबै पक्ष गम्भीर भएर लाग्न आग्रह गरेका छन् । प्रदेश प्रमुख मल्लले प्रदेशमा पछिल्ला दिनमा अपराधिक गतिविधि बृद्धि हुँदै गएकोमा चिन्ता पनि व्यक्त गरेका छन् ।
बिहीबार धनगढीका विन्स स्पायरद्वारा आयोजित बालिका सम्मेलन कार्यक्रमको उद्घाटन गर्दै प्रदेश प्रमुख मल्लले भने– “अन्य प्रदेशको भन्दा यस प्रदेशमा कुरीति बढी छन् । बालविवाह, छाउपडी प्रथा, कमलरी प्रथा जस्ता विकृतिजन्य प्रथाको अन्त्यका लागि सबै जुट हुनु पर्दछ ।”
उनले अभिभावकले उमेर नपुगेका छोरीको विहे गरिदिन खोजेमा अस्वीकार गर्न आह्वान गरे । उनले वालविवाह मुक्त प्रदेश बनाउन सबै सरोकारवालाहरूसँग आग्रह गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य डिल्लीराज पन्तले वालविवाह गर्ने व्यक्तिहरू जिन्दगी भरी असक्षम हुने गरेको बताए । उनले भने– “यसको प्रभाव परिवार, स्वास्थ्य र समाजका पनि पर्दछ ।”
धनगढी उपमहानगरपालिका उपप्रमुख सुशीला मिश्र भट्टले समाजमा रहेको वालविवाह निरुत्साहित गर्नका लागि वालिका सम्मेलनले महत्त्व राख्ने बताइन् । सम्मेलनमा सहभागी भएका बालिकाहरूलाई बालविवाह रोक्नुपर्ने सन्देश लिएर फर्किन पनि नगर उपप्रमुख मिश्रले आग्रह गरिन । उनले भनिन्– “हिजो आमाबुवाले बालविवाह गरिदिन्थे अहिले बालबालिकाहरूले आफैले बालविवाह गर्न खोज्दा दु:ख पाएका उदाहरण रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार