१४ कार्तिक २०८१, बुधबार

अवैध रूपमा लिएको रकम फिर्ता गर्न माग



लम्की । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरका मुक्त कमैयाले शिविरका स्थानीयबाट मालपोत कार्यालय टीकापुरका कर्मचारीले लिएको अवैध रकम फिर्ताको माग गरेका छन् ।
पालबजारका ५७ जनाको पैसा मालपोत कार्यालय टीकापुरका कर्मचारीले फिर्ता गरे पनि आफूहरूको पैसा फिर्ता नगरेको भन्दै आइतबार दोषिमाथि कारवाहीको माग गदै नाराबाजी समेत गरेका थिए ।
लालपुर्जा बनाउन केही रकम लाग्ने भन्दै मुक्त कमैया शिविर बल्चौर, बक्लौवा र पालबजारका स्थानीयबाट विचौलियाले एक घरबाट तीन हजार देखि १५ हजारसम्म रकम उठाएको खुलेको थियो ।
मालपोत कार्यालय टीकापुरमा कार्यरत कार्यालय सहयोगी मनीराम चौधरीले विचौलियासँगको मिलेमतोमा विल नकाटेरै लालपुर्जा बनाउन अबैध रूपले रकम असुलेका थिए । अबैध रूपमा बिल नकाटेर पैसा असुल गरी रहेको सर्वत्र विरोधका साथै मालपोतका कर्मचारी मनिराम चौधरी सहित घटनामा संलग्नलाई कारवाहीको माग भएपछि अबैध रूपमा लिएको रकम पालबजारका मुक्तकमैयाको ५७ घरको फिर्ता गरेको छ । भने बल्चौर, बक्लौवा लगायतका ठाउँमा बस्दै आएका मुक्त कमैयाको रकम भने आझै पिर्ता हुन सकेको छैन ।
बल्चौरका मुक्तकमैया पीडितहरूले आफुबाट मालपोत कार्यालय टीकापुर र वडा कार्यालयले सिफारिश वाफत मोटो रकम असुल गरेको भन्दै तत्काल फिर्ता गर्न माग गरेका छन् । यता लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयले सिफारिशबाट मोटो रकम लिएको भन्ने कुरा निराधार भएको वडा अध्यक्ष भक्तबहादुर चलाउने र वडा सचिव हिरालाल चौधरीले बताए ।
मालपोत कार्यालयका कर्मचारीले के कति कारणले कसरी लिए त्यसको बारेमा आफूहरूलाई कुनै जानकारी नभएको तर वडा कार्यालयले एक सिफरिश वापत एक सय २० रुपैयाँ मात्र लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार