विद्यार्थीलाई छाता वितरण
धनगढी । समाज विकासका लागि कानुन र सञ्चार एकै साथ नामक संस्थाले जेहेन्दार विद्यार्थीहरूलाई छाता वितरण गरेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित पार्वती प्राथमिक विद्यालयलमा कक्षा २ देखि ४ सम्म अध्ययन गरिरहेका ४५ जना विद्यार्थीलाई आइतबार छाता वितरण गरिएको जनाइएको छ ।
संस्थाकी धनगढी संयोजक उषा किरणका अनुसार संस्थाले तीन वर्षदेखि विभिन्न प्रदेशमा गरिव, असहाय र जेहेन्दार विद्यार्थीलाई विभिन्न सामग्री वितरण गर्दै आएको छ ।