२ माघ २०८१, बुधबार

वृक्षारोपणको नयाँ योजना



लम्की । कैलालीको जानकी गाउँपालिकाले बाटो निर्माण गर्दा काटिएका रुखको संख्यामा अन्यत्र नयाँ विरुवा रोप्ने योजना अघि बढाएको छ ।
जानकी गाउँपालिका वडा नम्बर ९ अन्तर्गत रहेको पुर्व खैरीफाँटा रानी कुलादेखी जानकी गाउँपालिका वडा नम्बर ८ जोडने तीन हजार सात सय मिटर लामो बाटोलाई नक्साकंन गरी बाटो ग्राभेल गर्ने क्रममा काटिएका बोटविरुवाको संख्यामा अन्यत्र बृक्षारोपण गरिने भएको छ ।
यसैबीच, जानकी गाउँपालिका वडा नम्बर ९ ले बिहीबार वडावासीहरूलाई नि:शुल्क रूपमा फलफूलका विरुवा वितरण गरेको छ ।
वडा कार्यालयका अनुसार आँप एक सय ४० बोट, लिची ५० बोट, अनार २५ बोट र केरा ४० बोट गरी दुई सय ५५ बोट फलफूलका विरुवा वितरण गरिएको हो ।
वडा कार्यालय मार्फत बाटो फराकिलो गर्ने क्रममा बोटविरुवा नष्ट भएपछि वडावासीलाई बोटबिरुवा वितरण गरिएको जानकी गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष खकेन्द्र भण्डारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार